‘बामदेबलाई पनि लैजाने र अर्थमन्त्रीलाई पनि निरन्तरता दिने गरि सहमति जुट्छ’: गृहमन्त्री थापा



न्युज अफ नेपाल, पर्वत ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिबालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा(बादल)ले पार्टीका उपाध्यक्ष बामदेब गौतमलाई अहिले नै प्रधानमन्त्री बनाउने योजना नभएको बताउनुभएको छ ।

नेकपा पर्वतले आइतबार बिहान पर्वतको कुस्मामा आयोजना कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सचिबालय सदस्य थापाले गौतमलाई अहिले नै प्रधानमन्त्री बनाउने योजना अनुसार राष्ट्रिय सभामा लैजान नखोजेको स्पष्ट पार्नुभएको हो ।

‘पाँच बर्षका लागि प्रधानमन्त्रीको रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि बढाउने निर्णय भैसकेको छ’ उहाँले भन्नुभयो

‘बामदेबजीलाई अहिले नै प्रधानमन्त्री बनाउन होइन, त्यस्तो अबस्था आएको अबस्थामा सहज बनाउनका लागि मात्रै संबिधान संशोधन गर्न खोजिएको हो’ देशलाई समाजबादको बाटोमा डोर्‍याउनका लागि उहाँ(बामदेब)को भूमिका पनि महत्पुर्ण हुने भएका राष्ट्रियसभामा लैजान खोजिएको उहाँको भनाई छ । बामदेबलाई राष्ट्रियसभामा पठाउनका लागि सचिबालयले सर्बसम्मत निर्णय गरेको र त्यसमा कसैले नोट अफ डिसेन्ट नलेखेको उहाँले स्पष्ट पार्नुभयो । आफ्ना फरक मत भएपनि औपचारिक रुपमा बैठकमा दर्ज नभएको हुँदा यो निर्णय पनि सहमति र सर्बसम्मतिका साथ भएको उहाँको दाबी छ ।

संबिधान संशोधनको बिषय बामदेबको बिषयमा मात्रै नभई मधेशबादी दलले उठाउँदै आएका बिषयहरुलाई समेत सम्बोधन गर्ने गरि अघि बढाउन खोजिएको तर बिबादीत बनेपछि फिर्ता भएको भनाई सचिबालय सदस्य थापाको छ । उहाँले पछिल्लो समय देखिएको बिबादको मध्यमार्गी समाधान निकाल्ने बताउनुभएको छ । उहाँले अर्थमन्त्रीको रुपमा डा. युबराज खतिवडालाई नै निरन्तरा दिने र राष्ट्रियसभामा बामदेब गौतमलाई पठाउने गरि मध्यमार्गी निर्णय हुने बताउनुभयो । ‘अहिले देखिएको असमझदारीको दुबै पक्षले जित्ने गरि समाधान निकाल्छौ’ उहाँले भन्नुभयो ‘बामदेबलाई पनि लैजाने र अर्थमन्त्रीलाई पनि निरन्तरता दिने गरि सहमति जुट्छ’ अर्थमन्त्रीको रुपमा खतिवडाले मुलुकको आर्थिक बृद्धिदरलाई उल्लेख्य रुपमा बृद्धि गरेका कारण उहाँको पनि निरन्तरता हुने भनाई गृहमन्त्री थापाको थियो ।

एमसीसीमा रहेका भित्री अन्र्तबस्तुका बारेमा अध्ययन कार्यदलले सुझाब दिएका कारण सुझाबका आधारमा पार्टी सचिबालयले निर्णय गर्ने सचिबालय सदस्य थापाको भनाई छ । ‘एमसीसीमा रहेका धेरै बिबादास्पद कुराहरु संशोधन गरि पारित हुन्छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्