आङछिरिङ शेर्पाको सम्झनामा कार्यक्रम



काठमाडौं, (नेस)
यती समूहका संस्थापक प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको सम्झनामा यती समूहका कर्मचारीले रक्तदान गरेका छन् । शेर्पाको पहिलो वार्षिक पुण्यतिथिमा यती एयरलाइन्सले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
पर्यटन व्यवसायी शेर्पाको गत वर्ष ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा आङछिरिङ शेर्पासँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलगायत ७ जनाको निधन भएको थियो ।
यती एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राई, उपप्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा, सिर्जना श्रेष्ठ शेर्पालगायत १७९ जना कर्मचारीले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्