चेपाङ गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर



सीताराम अधिकारी,धादिङ।

नेपाली सेना र स्थानीय जनाताबिच सम्बन्ध सुदृढिकरण गर्नका लागि देबिदत्त गण गजुरीले निबार (आज) गजुरी गाउँपालिका वडा नम्बर १ स्थित कंकालिनी आधारभुत विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

एक दिने निशुल्क स्वास्थ्य शिविरमा दलित, चेपाङ समूदायको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा १ सय २१ जना महिला सहित २ सय ९१ जनाले सेवा लिएको देबिदत्त गण गजुरीका सेनानी रुपेश चापागाइँले बताउनुभयो ।

कार्यक्रममा पेट सम्बन्धी समस्या, छालाको समस्या महिलाका विभिन्न समस्याहरु लिएर मानिसहरु स्वास्थ्य शिविरमा आएका थिए । श्री नम्बर ५ फिए का प्राविधिक उपसेनानी डा. अनिता थापाले स्वास्थ्य शिविरमा आएकाहरुमध्ये केही बालबालिकाहरुले जुकाको औषधी समेत खान नपाएर स्वास्थ्य समस्या खेपिरहेको बताउनुभयो ।

गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र स्थानीय गजुरी गाउँपालिका वडा नंम्बर १ को विषेश सहयोग र पहलका संचालन भएको स्वास्थ्य शिविरले स्वास्थ्य सेवाबाट टाढा रहेका मानिसहरुलाई पहुँच वृद्धि गरि सेवा दिन यो शिविरले सहयोग पुर्याउने गजुरी गाउँपालिका वडा नंम्बर १ का वडाअध्यक्ष राजकुमार पंडितले बताउृनुभएको छ ।

चेपाङ दलित र पछाडी परेका समूदायको बसोबास रहेको क्षेत्रमा स्वास्थ्य शिविर संचालन भएकोले बालबालिकाहरु समेत सहभागि थिए । निशुल्क स्वास्थ्य शिविरमा ५५ बालिका र ४२ बालकले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्