दुईवटा ट्रक आपसमा ठाक्किँदा दुई जनाको मृत्यु



न्युज अफ नेपाल, मोरङ ।

शनिबार बिहान मोरङमा भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा गोरु लोड गरेर रोकेर राखेको ट्रकलाई पछाडिबाट अर्काे ट्रकले ठक्कर दिएको थियो । सडकमा रोकेर राखेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा ठक्कर दिने ट्रकका चालक चितवन भरतपुर नगरपालिका–११ का २८ वर्षीय अजय अधिकारी र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । गोरु लोड ग।रेर राखेको ट्रकमा २८ वटा गोरु भेटिएका छन् । जसमा चारवटा मरेका र २४ वटा जीवितै रहेको प्रहरीले बतायो ।

गोरु लोड गरिएको ट्रकका चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३७ वर्षीय हिरणराज वम्जनलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्