स्कटल्यान्ड बन्यो निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने पहिलो राष्ट्र



एजेन्सी । स्कटल्यान्डले महिला स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने पहिलो राष्ट्र बन्नेको छ ।

स्कटिश संसदको मंगलबार बसेको बैठकले सो कानून बनाएको हो । निःशुल्क स्यानिटरी प्याड वितरण गरिने कानुनमा मतको व्यवस्था समेत गरिएको थियो । जसमा ११२ मतले उक्त कानुन स्वीकारेको थियो भने एकले मत विपक्षमा आएको थियो ।

यस विषयमा नेपाल लगाएत विभिन्न देशमा बसह चलेपनि स्कटल्यान्डले भने काम गरेरै देखाएको छ । उक्त प्रस्ताव स्कटल्यान्डकी सांसद मोनिका लेननले राखेकी थिइन् । उनको प्रस्तावमा सबै जनाले मन्जुरी दिएका छन् ।

यस विषयको विधेयक अगाडि बढाइने भएको छ । जस अनुसार विधेयक पारित भएसँगै स्कटल्यान्डका सार्वजनिक स्थानहरुमा नै निःशुल्क स्यानिटरी प्याड पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्