मुख्यमन्त्री राई आफ्नो श्रीमान भएको दाबी गर्दै बालिकाद्वारा अदालतमा अंश मुद्दा दायर



????????????????????????????????????

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राई आफ्नो श्रीमान भएको दाबी गर्दै एक महिलाले मुद्दा दायर गरेकी छन् ।

दोलखा घर भएकी बालिका खड्का नाम गरेकी एक महिलाले शुक्रबार राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी छन् । खड्काले राई आफ्नो श्रीमान भएको बताउदै विवाहपछि घरेलु हिंसामा समेत परेको उजुरीमा उल्लेख गरेकी छन् ।

खड्काले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा दिनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्