दुई हजार ७२ जना जेष्ठ नागरिक सम्मानित



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजी देम्बा गाँउपालिकाले २ हजार ७२ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा परिचय पत्र बितरण गरेको छ ।

गाँउपालिकाले यहि फालगुन ७ गते देखि १५ गते सम्म सञ्चालन गरेको निशुल्क घुम्ति शिविर बाट उत्त ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । गाँउपालिकाको निती तथा कार्यक्रममा उल्लेख भए अनुसारको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम बाट ७० बर्ष माथिका ज्येष्ठ नागरिक लाई ज्येष्ठ नागरिक परिचय पत्र,न्यानो ज्याकेट र जुस बितरण गरेर र ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचय पत्र बितरण गरेर सम्मान गरिएको खिजी देम्बा गाँउपालिका अध्याक्ष बेद बहादुर रोकाले बताए ।

नौ दिन सम्म सञ्चालन गरिएको उत्त निशुल्क घुम्ति शिविरमा बिभिन्न रोगको स्वास्थ्य परिक्षण तथा अपाङ्गता भएका नागरिकहरुलाई अपाङ्गताको परिचय पत्र समेत बितरण गरिएको थियो । घुम्ति शिविरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १९ सय २२ जना नागरिक लाभवन्वित भएको खिजी देम्बा गाँउपालिकाका स्वास्थ्य ईकाइ प्रमुख ईन्द्ध प्रसाद गौतमले बताए ।

यसै गरि शिविरबाट ८९ जना अपाङ्गता भएका नागरिकले बिभिन्न किसिमको अपाङ्गता भएको परिचय पत्र पाएका छन । जस मध्य ९ जनाले रातो,४० जनाले निलो,२९ जनाले पहेलो र ११ जनाले सेतो रङ्गको अपाङ्गता भएको परिचय पत्र पाएको खिजी देम्बा गाँउपालिकाका प्रशासन अधिकृत नारायण पुरिले बताए ।

घुम्ति शिविरमा स्वास्थ्य परिक्षण गरिएको नागरिकहरुको उपचार कादुरी एग्रिकल्चर एसोसियन पोखराको सहयोगमा यहि फाल्गुन १८ गते देखि २१ ग्ते सम्म खिजी देम्बा गाँउपालिकाले आयोजना गर्ने निशुल्क स्वास्थ्य शिविरमा उपचार गरिने समेत खिजी देम्बा गाँउपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्