यस्ता तस्वीर हुन्छन् घर सजावटका लागि अशुभ



एजेन्सी । सबै व्यक्तीलाई आफनो घर सुन्दर देखिएको मन पर्छ । त्यसैले गर्दा धेरै जसो व्यक्तीहरु घर सजाउनमा सौकिन हुन्छन् । त्यति मात्र नभएर मानिसहरुले कोठालाई विभिन्न तरिकाबाट सजाउछन् । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर तस्बिर राख्दा हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । किनभने सबै तस्वीर घरमा वा कोठामा सजाउन योग्यका हुदैनन् । कुनैकुनै तस्वीरले मानिसमा सकारात्मक उर्जा पैदा गराउँछ भने कुनै तस्वीरले जीवनका हरेका मोडमा नकारात्मक प्रभाव पार्छ ।

वास्तु शास्त्रको अनुसार बजारमा भेटिने हरेक सुन्दर तस्वीरले घर सुन्दर बनाउदैन । जसमा यस्ता केही तस्वीर पर्छन् जसले घरमा अशुभ गराउँछ :

१ यदि कुनै तस्वीरमा पानी बगिरहेको, छागा छाल लहराइरहेको हुन्छ भने त्यस्ता तस्वीर घरमा नल्याउँनुनै उत्तम हुन्छ । किनकी वास्तु शास्त्रको अनुसार जसरी पानी बगिरहेको हुन्छ घरमा रहेको पैसा पनि विना कारण खर्च भइरहने हुन्छ ।

२ डुबिरहेको वा डगमगाइरहेको डुङ्गाको तस्वीर घरमा राख्नुहुँदैन । किनकी हरेक दिन यस्तो तस्वीर हेर्दा मानिसमा गहिरो असर पर्छ । जसले भाग्यमा बाधा पुग्ने बताइन्छ ।

३ बजारमा केहि यस्ता तस्वीर भेटिन्छन् जसमा महाभारत युद्धको दृश्य कैद भएको हुन्छ । उक्त तस्वीर पनि घरमा राख्न नहुने वास्तु शास्त्रमा उल्लेख छ । यदि यस्ता तस्वीर राखेको खण्डमा व्यक्ति आक्रामक हुने र रिसालु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्