हाँस्दा हाँस्दै महिलाको बंगारा फुस्किएपछि…



हाँसोले हाम्रो स्वास्थ्यलाई निकै फाइदा गर्छ । तर, चिनमा यही हाँसोका कारण एक दुख लाग्दो घटना घटेको छ । चीनको गुआंगडोंग प्रान्तको गुआंगझु दक्षिण रेल स्टेशन नजिकै एउटा रेलमा यात्रा गरिरहेकी एक जना महिला बेस्सरी हाँस्दा उनको बंगारा डिस्लोकेट भयो जसका कारण उनले मुख बन्द गर्न समेत मिलेन । अन्त्यमा उनले डाक्टरको सहयोगमा समस्या सुल्झाएकी छिन् ।

तर महिलाको भाग्य राम्रो थियो सोही समयमा डाक्टर पनि उपस्थित थिए । अस्पताल लगेपछि ल्याडबाइबलको रिपोर्ट अनुसार लिवान हस्पिटलका डाक्टर लुओ वेन्सेङ्ग रेलवे चिकित्सा इमर्जेन्सीको अपिलपश्चात् उनी महिला भएठाउँ पुगेका थिए ।

डाक्टर लुओ वेन्सेङ्ग रेलवेले भने म दौडिएर महिला भएठाउँ पुगेँ, उनी बोल्न सकिरहेकी थिइनन् र मुख बन्द पनि गर्न सकिरहेकी थिइनन्,’ डा. वेन्सेङ्गले भने उनी र्‍याल काढिरहेकी थिइन् त्यसकारण उनलाई स्ट्रोक भएको ठानेँ ।’

‘तर मैले उनको रक्तचाप लिए र उनलाई केही प्रश्न गरेँ त्यसपछि मात्रै उनको बंगारा डिस्लोकेट भएको थाहा पाएँ,’ उनको भनाई उद्धृत गर्दै ल्याडबाइबलले भन्यो ।नाम नखुलाइएकी ती यात्रीले उनको यसअघि पनि गर्भावस्थामा बान्ता गर्दा बंगारा डिस्लोकेट भएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्