गोर्खा वेलफेयर ट्रष्टको सहयोगमा खानेपानी योजना सम्पन्न



लिला सुनुवार, ओखलढुंगा ।

गोर्खा वेलफेयर ट्रष्ट पूर्व क्षेत्रीय कार्यालय धरानको अनुदान सहयोगमा खिजिदेम्बा गाउँपालिकाको वडा नं ३ र ५ मा खानेपानी योजना सम्पन्न भएको छ ।

खानेपानीको चरम अभाबमा रहेको खिजीदेम्बा ५ र ३ मा रहेको निभारे गाँउमा सञचालित निभारे खानेपानी योजना वेलफेयर कार्यालयको ४६ लाख ३९ हजार रुपैयाँ अनुदान र स्थानीय उपभोक्ता समितिको २३ लाख २८ हजार रुपैयाँ बराबरको श्रमदानमा सम्पन्न भएको हो ।

निभारे खानेपानी योजनाबाट विद्यालयमा धारा र एउटा सार्वजनिक शौचालय समेत निर्माण भएको छ ।भरखरै निर्माण सम्पन्न गरिएको उत्त खाने पानी योजना खिजिदेम्बा गाउँपालिका वडा नं ५ का अध्यक्ष रामकुमार सुनुवारले यहि फालगुन १४ गतेका दिन उद्घाटन गरेका थिए । धारा निर्माण भएपछि खिजिदेम्बा गाउँपालिकाका वडा नं ३ र ५ का स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्