श्रीलंकाले एमसीसीमा हस्ताक्षर नगर्ने



श्रीलंका । श्रीलंका सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय लिएको सरकारका प्रवक्ता बन्दुला गुणवर्धनेले शुक्रवार बताएका छन् ।

तर सरकारले एमसीसीमा रहेका चिन्ताजनक प्रावधानका विषयमा छलफल गर्न र सम्झौतालाई संशोधन गर्न अमेरिकी सरकारसँग कुरा गर्ने गुणवर्धनेले बताए ।

प्रधानमन्त्री महिन्दा राजपक्षेले एमसीसीको समीक्षा समितिको अन्तरिम प्रतिवेदन मन्त्रिपरिषद्समक्ष बिहीवार पेश गरेका थिए ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्