कसले हेर्छ घोटेर कसी



प्रज्वल घिमिरे
(कविता)
पुष्टि गर्न निरीहको हुँदो रैछ दसी
तर मलाई बैगुनीले बारम्बार डसी
पहिले आवश्यकता पर्दा बनेर भोगी
पछि मिथ्या छर्न जोगिनी भई खरानी घसी
कमलो हातले अगाडिबाट सुमसुम्याई
आफ्नै भन्ठानेको तर पछाडिबाट छुरा धसी
बोली सुन्दा असाध्यै नरम र चिप्लो
फाली बन्नु रहेछ सियो बनेर पसी
मेरो कथामा न्यायाधीश कोही पनि छैन
दुःखी मनलाई कसले हेर्छ घोटेर कसी

प्रतिक्रिया दिनुहोस्