तिम्रो मायामा



शान्ता सापकोटा
(कविता)
शीतल पवन वेग मारी सधैं झुल्किन्छ छायामा
गंगाझैं चोखो छ मेरो मन उर्लिन्छ मायामा
तिमीलाई देखे भुल्दछ यहाँ फूलैले रंग भर्न
भेट्ने छौ जब तिमीले मलाई मायालु रूपमा हेर्न
जीवन यो मेरो उज्यालो कति समीप त्यो छायामा
गंगाझैं चोखो छ मेरो मन उर्लिन्छ मायामा
मिसाइ मीठो मायाको सुवास वसन्ती पवनमा
बालेर सँगै प्रेमको दीप जाऊ नील गगनमा
सुनाउँला मीठा प्रेमकहानी बादलु छायामा
तिम्रै हात समाई रमाउन मन छ त्यो तिम्रो मायामा
शीतझैं पग्ली बिलाउन भन त्यो तिम्रै छायामा
गंगाझैं चोखो छ मेरो मन उर्लिन्छ मायामा।

प्रतिक्रिया दिनुहोस्