समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पोखरेल



काठमाडौं, (नेस)
समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा नयाँ कार्यसमिति गठन भएको छ। सरकारले उच्च अदालतका पूर्व मुख्यन्यायाधीश कुमारप्रसाद पोखरेलको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो।
बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पोखरेलको अध्यक्षमा नयाँ समिति गठन गरिएको जानकारी दिनुभयो। समितिमा राष्ट्रिय सहकारी महासंघका तर्फबाट टीका बुढाथोकी चयन हुनुभएको छ भने सहकारी क्षेत्रको विज्ञ भनेर सरकारले ममतादेवी शर्मा उपाध्याय र सरस्वतीदेवी भट्टराईलाई नियुक्त गरेको छ।
समितिको सदस्यसचिवमा भने नेपाल सरकारले तोकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ। उक्त समितिले समस्याग्रस्त सहकारीमा देखिएका समस्याको समाधानका लागि पहल गर्नेछ। सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार सरकारले नयाँ समिति गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्