एनसीमासका निर्देशक  नेपाल सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं ।
बालविकास एनसीमासका निर्देशक तेजु नेपाल सम्मानित हुनुभएको छ। फागुन ११ गते आइतबार भारतीय समाचार च्यानल लाइभ २४ न्युज र रे फाउन्डेसन, एसियाले संयुक्त रूपमा आयोजना गरेको ‘मेगा इन्टरनेसनल अवार्ड सेरेमोनीै’ मा नेपाललाई सम्मान गरिएको हो।
अबाकस प्रणालीमार्फत शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहँँलाई एसियन एक्सिलेन्स अवार्डले सम्मानित गरिएको हो। कार्यक्रममा एसियाका विभिन्न कम्पनी, उद्यमी तथा व्यक्तित्वलाई आफ्नो विधामा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरिएको थियोे।
नेपालमा ४ सयभन्दा बढी स्कुलका १ लाख विद्यार्थी अबाकस शैक्षिक प्रणालीमार्फत लाभान्वित भएका छन्। अबाकस शैक्षिक प्रणालीले एकपटक पढेको, लेखेको, देखेको र सुनेको कुरालाई पछिसम्म सम्झन सहयोग पु¥याएकाले स्कुल सञ्चालक र अभिभावक पनि यसप्रति सन्तुष्ट भएको नेपालले बताउनुभयो।
अबाकस प्रणालीले विद्यार्थीको मस्तिष्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको छ।
परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकतामा ढाल्न नेपालमा ४ सयभन्दा बढी स्कुलमा अबाकस शैक्षिक प्रणालीमार्फत करिब १ लाख विद्यार्थी शिक्षा हासिल गर्न सफल भएका छन्।
क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएकाले यसलाई अतिरिक्त क्रियाकलापअन्तर्गत स्कुलहरूले पठनपाठन गराउँदै आएका छन्। भारतमा सम्मानित भएपछि भारत तथा मलेसियाबाट आफूलाई अबाकस कार्यक्रममा लागि निम्तो आएको नेपालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्