एआईजीमा तीन सिफारिस



काठमाडौं, (नेस)

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षकका लागि तीन जनाको नाम सिफारिस भएको छ।

गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालको नाम सिफारिस गरेको छ।

लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, क्षेत्री प्रहरी प्रवक्ता र पाल विशेष ब्युरोमा कार्यरत हुनुहुन्छ।

हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली आउँदो असार २५ गते अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको २८औं आईपीजीका रूपमा क्षेत्रीले कार्यभार सम्हाल्ले पक्कापक्कीजस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस्