अमेरिकामा ६ वर्षीया बालिका पक्राउ



एजेन्सी ।

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भईरहेको छ। उक्त भिडियो ६ वर्षीया एक बालिकाको हो। जसलाई अमेरिकाको फ्लोरिडामा स्कुलबाट पक्राउ गरिएको छ ।

ती ६ वर्षीया बालिकालाई स्कुलमा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि भिडियोमा ती बालिका रोइरहेको देखिन्छ।

ती बालिकाको गिरफ्तारी सन् २०१९ को सेप्टेम्बर १९ मा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बालिकामाथि फ्लोरिडाको ओरल्याण्ड स्कुलमा अक्रामक व्यवहार देखाएको आरोप छ।

यो भिडियो ओरल्याण्ड स्कुलका सेक्युरिटी आफिसर डेनिस टर्नरको शरीरमा जोडिएको क्यामेराबाट खिचिएको हो। स्कुल प्रशासनले ती बालिकले क्लासमै खराव व्यवहार प्रदर्शन गर्ने गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्