सीपी मैनालीको स्वास्थ्य गम्भीर,छाति र पेटमा लागेको चोटपटक पत्ता लगाउन सिटिस्क्यान गरिदैँ



न्युज अफ नेपाल, काठमाडौँ ।

बिहीबार दिउँसो महोत्तरीको बर्दिबासमा ३ कालापानीमा कार दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको स्वास्थ्य स्थिर देखिएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका मैनालीको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भईरहेको छ । मैनालीलाई नेपाली सेनाको हेलिकोप्टरबाट आज दिउँसो नै काठमाडौँ ल्याईएको थियो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले बताए अनुसार अहिले मैनालीको स्वास्थ्य स्थिती स्थिर रहेको छ ।मैनालीको ,‘हड्डि फ्याक्चर भएको छ छ भने छाति र पेटमा पनि चोट लागेको छ । छाति र पेटमा लागेको चोटपटक पत्ता लगाउन अहिले सिटिस्क्यान गर्ने काम भईरहेको डा.पाण्डेले बताए।

झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको मैनाली सवार कार र विपरित दिशाबाट आउँदै गरेको ७६६८ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। कारमा मैनालीका छोरा, बुहारी र नाति समेत थिए।

प्रतिक्रिया दिनुहोस्