जापानमा कोरोना संक्रमण देखिन थालेपछि केही नेपाली सहित ११९ भारतीयलाई नयाँदिल्ली फर्काइयो



न्युज अफ नेपाल,काठमाडौँ ।

जापानमा कोरोनाको संक्रमण देखिन थालेपछि भारतले आफ्ना ११९ जना नागरिकलाई स्वदेश फिर्ता ल्याएको छ । बिहीबार बिहान एअर ईण्डियाको एक विशेष बिमान मार्फत् उनीहरुलाई नयाँ दिल्ली ल्याईएको हो ।

उनीहरुसँगै नेपाल,श्रीलंका,दक्षिण अफ्रिका र पेरुका अन्य पाँच जनालाई पनि उद्धार गरिएको छ । अहिले उनीहरुलाई दिल्लीस्थित एक क्वारेन्टाईनमा राखेर थप स्वास्थ्य परिक्षण सहित निगरानी गरिरहेको बताईएको छ ।

‘डायमन्ड प्रिन्सेज’ नाम गरेको ‘क्रुज शिप’मा रहेका भारतीय सहितका नागरिकलाई निकाल्न मद्दत गरेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरले जापानी अधिकारीलाई धन्यवाद दिएका छन् । यो महिना मात्रै भारतले आफ्ना ६४० जना नागरिकलाई चीनको वुहानबाट स्वदेश फर्काई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्