कालिकोटमा नागरिक सन्तुष्टि सर्वेक्षण सार्वजनीक



कालीवहादुर मल्ल, कालिकोट ।

जिल्लाको शुभकालिका गाउँपालिकामा नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ ।

हेल्भेटास नेपालको सहयोगमा सक्रिय जनता जवाफदेहि गाउँपालिका/नगरपालिका (सजग) अभियान अन्तरगत पत्रकार कालीवहादुर मल्ल,नमराज योगीको सहजिकरणमा सर्वजनिक खर्च तथा वार्षिक बजेट सोधखोज र नागरिक सन्तुष्टी सर्वेक्षेण प्रतिवेदन सार्वजनीकिकरण कार्यक्रम राखिएको थियो ।

शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय राजनीति दलका प्रतिनिधि, गाउँपालिका कर्मचारी, कार्यपालिका सदस्य,वडाध्यक्ष,पत्रकार नागरिक समाजका प्रतिनिधि,विभिन्न सञ्जालका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।

नतिजा सार्वजनीकिकरण कार्यक्रममा आव २०७५÷०७६ को सर्वजनिक खर्च सोधखोज, ०७६/०७७ को वार्षिक बजेट विष्लेशण गरिएको छ । यस्तै स्थानीय तहमा ५० जनाको वहिर्गमन अभिमत,२० जना लक्षित वर्ग र ५० जना अन्य गरी ७० जनाको नागरिक प्रतिवेदन पत्रको नतिजा सर्वजनिक गरिएको छ ।

स्थानीय तहका कर्मचारी धेरै वडाध्यक्षहरु कार्यलयमा नवस्ने,गुणस्तरिय सेवा दिन नसेकेको,योजना जाँचपास गर्दा रकम नदिए अप्ठारो पार्ने गरेको नागरिकहरुको गुनासो पाइएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चौलागाँईले नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदनले समृद्ध र सुशासन मैत्री गाउँपालका वनाउने अभियानलाई सहयोग पुगेको वताउनुभयो । साथै उहाले अवका दिनमा प्रतिवेदनको सझाव अनुसार लक्षित बजेट प्रयाप्त मात्रमा छुटाउनु, गाउँपालिकाका योजनाहरुलाई कडाइकासाथ अनुगमन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सजग कार्यक्रम अन्तरगत एक महिना लगाएर सर्वेक्षण गरिएको सर्वेक्षण प्रतिवेदन माघ १५ गते रास्कोट नगरपालिकाको पनि नतिजा सार्वजनिक गरिएको थियो । रास्कोट नगरपालिकामा भएको कार्याक्रममा नगरप्रमुख काँसीचन्द्र बरालले खर्च सोधखोज तथा नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदनले आगामी आवमा वजेट निमार्ण तथा लक्षित वर्गमैत्री योजना वनाउन सहज भएको वताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्