ललिता निवास जग्गा प्रकरणमा विष्णु पौडेल पीडित : सांसद भट्टराई



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद खिमलाल भट्टराईले ललिता निवास जग्गा प्रकरणमा मुछिएका महासचिव विष्णु पौडेल पीडित भएको बताएका छन् । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै भट्टराईले उक्त जग्गा व्यक्तिको नाममा रहेको र व्यक्तिको नामबाट किनबेच हुँदै आएको बताएका छन् ।

यस्तै, विपक्षीले अख्तियारलाई सरकारसँग जोडेर भ्रम फैलाएको उनले बताए । भट्टराईले भने, ‘जमिन किन्नेहरु कसरी उन्मुक्त भए ? चोरले चोरेको सामान फिर्ता गरेपछि उन्मुक्ति पाउँछ भनेर पनि प्रश्न उठाउने गरिएको छ , प्रश्न ठीकै हो । सामान फिर्ता गरेपछि चोरले उन्मुक्ति पाउन सक्दैन । तर यो त्यस्तै हो र ?’

उनले भने, ‘यो त व्यक्तिको नाममा रहेको र व्यक्तिको नामबाट किनबेच हुँदै आएको जग्गा मालपोतमा नियमानुसार दस्तुर तिरेर खरिद गरिएको हो । जग्गा फिर्ता गर्नुपरेपछि उ त पीडित पो बन्न पुग्दछ ।’ आफ्नो दायित्व सम्झेर जग्गा फिर्ता गर्नुलाई नकारात्मक रुपमा प्रचार गर्नु पूर्वाग्रह भएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्