शिक्षिकाले दान गरेकाे दूधबाट ५ नवजात शिशुको ज्यान बच्यो



ऐजेन्सी । गुजरातकी २९ वर्षकी रुशिना मारफसतिया पेशाले शिक्षिका भएपनि उनले ३ महिनामा १२ लिटर दूध दान गरेर ५ जना नवजात शिशुको ज्यान बचाउनमा महत्वपूर्ण योगदान गरेकी छिन् ।

रुशिनाले गत सेप्टेम्बरमा छोरा जन्माएकी थिइन्, छोराले दूध खाइसकेपछि उनको आफ्नै शरिरमा धेरै दूध बाँकि रहन्थ्यो । त्यो बाँकि रहेको दूध उनले अरु आवश्यकतामा परेका शिशुहरुलाई दान दिने सोच बनाइन् । उनकै अनुरोधमा उनका पिताले अर्पण नवजात शिशु देखभाल केन्द्र फेला पारे, जसलाई लगातार ३ महिनासम्म रुशिनाले आफ्नो दूध दान दिइन् ।

आइसीयूमा भर्ना गरिएका गम्भीर बिरामी बच्चाहरुलाई उनले दान गरेकाे दूध प्रदान गरिएको थियो । समयमै जन्म भएपनि आमाहरु अत्यन्तै कमजोर र स्तनपान गराउन असमर्थ भएका बच्चाहरुलाई उनले आफ्नो दूध दान गरेकी हुन ।

डा. आशीष मेहताले सञ्चालन गरेको सो केन्द्र दूध बैंकको रुपमा काम गर्ने गर्छ । अहिलेसम्म उक्त बैंकमा ९० लिटर दूध दानमा जम्मा भइसकेको छ, जुन दूध ६०० बच्चाहरुलाई खुवाउन पुग्छ । उक्त दूध बैंकमा करिब २५० जना महिलाहरु जोडिएका छन् र उनीहरूले नियमित रुपमा आफ्नो दूध दान गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्