कार दुर्घटनामा परी मालेका महासचिव मैनालीसहित ४ घाइते



न्युज अफ नेपाल, बर्दिबास ।

पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनाली चढेको कार दुर्घटना भएको छ ।

महोतरीको बर्दीबास नगरपालिका वडा नं ३ कालापानीमा बिहीबार दिउँसो दुर्घटना मैनाली परिवार सवार कार दुर्घटना भएको हो । मैनालीको बा ७ च २१२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यान एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कारमा सिपी मैनाली लगाएत उनका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पिएन् मैनाली र कार चालक रामप्रसाद पौड्याल थिए ।

दुर्घटनामा परी कारमा सवार सबै घाइते भएका छन् । घाइतेको बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्