पाइन्टको पछाडि पर्स राख्नु हानिकारक, लाग्न सक्छ यस्ता रोग



आजभोली प्राय जसो सबैको हातमा पर्स हुने गर्दछ । पैसा राख्न, कार्ड राख्न, जस्ता सामान राख्न सजिलो भएका कारण धेरैजसो मानिसले पर्स बोक्ने गर्छन् । तर पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका विभिन्न सामान पछाडिको खल्तीमा बोक्ने भएर पर्सलाई मोटो बनाउँछ र यसका कारण मानिसलाई विभिन्न रोग लाग्ने गर्दछ । यस्तो मोटो पर्स पछाडिको खल्तीमा बोकेमा यसले शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ । पाइन्टको पछाडि पर्स राख्दा विभिन्न प्रकारका रोग लाग्ने सम्भावना हुन्छ जस्तै:

साइटीका रोगको सम्भावनाः

पर्स मोटो भएको कारण बस्दा कम्मरमा दबाब पार्छ र यसले गर्दा साइटीक नसा फैलने भएकाले कम्मर जिवनभर दुख्ने सम्भावना हुन्छ ।

रक्त संचारमा बाधा पुग्नेः

पर्स मोटो भएका कारण हाम्रो रक्तसंचारमा प्रभाव पर्ने गर्दछ किनकी हाम्रो शरिरमा यस्ता नशाहरु छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।

खराब हुनसक्छ मेरुदण्डको हड्डीः

शरिर ठिकसँग ब्यालेन्स नहँदा यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसका कारण कहिलेकाहि मेरुदण्डको हड्डी नचल्ने हुने गर्छे ।

फोर्मिस सिन्ड्रोमको खतरा बढ्नेः

पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ र यस रोगलाई फोर्मिस सिन्ड्रोम भनिन्छ र यो रोगले मानिसलाई धेरै पीडा हुने गर्छे ।त्यसकारण तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्