संकटकाल जारी



सान फ्रान्सिस्को, (एजेन्सी)
अमेरिकाको सान फ्रान्सिस्कोले चीनलाई निकै सताइरहेको कोरोना भाइरस अर्थात् कोभिड –१९ को महामारीका कारण मंगलबार स्थानीय स्तरमा संकटकाल घोषणा गरेको छ। हालसम्म त्यहाँकुनै पनि मानिसमा कोरोना भाइरस संक्रमण नभए पनि अमेरिकीहरूलाई आफ्नो समुदायमा यसको सम्भावित संक्रमणको सामना गर्न तायार रहन निर्देशन दिइएको सरकारी अधिकारीहरूले बताएका छन्। क्यालिफोर्नियाको चौथो ठूलो शहर सान फ्रान्सिस्को कोरोनाविरुद्धको पूर्वतयारीका लागि सचेत बनाइएको मेयर लन्डन ब्रिडले बताएका छन्। अमेरिकाभरि हालसम्म १४ जना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्