जन्मदरमा कमी



सोल, (एजेन्सी)
केही वर्षयता निरन्तर घट्दै गइरहेको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ। करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष केवल ३ लाख शिशुको जन्म भएको सरकारी अधिकारीहरूले बताएका छन्।
कोरियामा पनि विश्वमै सबैभन्दा लामो औसत आयु भएका व्यक्तिहरू छन् तर जन्मदर भने अन्य मुलुकका तुलनामा सबैभन्दा न्यून रहेको छ। सरकारले जन्मदरमा सुधार ल्याउन सन् २००६ यता १ खर्ब ४८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्