बझाङमा बाणिज्य बैंकको एटिएम मेसिन बिग्रिँदा सेवाग्राहीलाई समस्या



ललित सिहं,बझाङ ।

राष्ट्रिय वाणिज्य बैंक बझाङ शाखाको एटिएम मेसिन बिग्रर्दा स्थानियवासी समस्यामा परेका छन् । एटिएम मेसीन बिग्रिएको एक हप्ता बितिसकेको भएपनी एटिएम मेसिन सञ्चानमा ल्याउन बैंड्कले ध्यान दिन नसकेको स्थानियहरुले आरोप लगाएका छन् ।

स्थानिबासी चन्द्र सिहंका अनुसार मेसिन बिग्रिएकोे आज ६/७ दिन बितिसक्दा शाखा प्रमुखलाई सोध्दा नेटवर्कमा समस्या रहेको बुझिएको छ । एटिएमवाट पैसा निकाल्न जादा टेम्पोररी आउट अफ सर्भिस भन्ने गरेको उनले बताए ।

छिटोछरीतो काम होस् भन्नका लागी एटिएम कार्ड बनाएपनि एटिएम मेसिन जहिले पनी बन्द हुदा समस्या हुने गरेको अर्का स्थानियवासी रमेश बोहराले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्