भारतमा नेपालको नाटक



भारतको नयाँदिल्ली र सिलोङमा सम्पन्न भारत रंग महोत्सव थिएटर फेस्टिबल—२०२० मा दुई नेपाली नाटक कुमारी एन्ड द विस्ट र महाभोज मञ्चन भएको छ।
कुमारी एन्ड द बिस्ट काठमाडौंको सुशीला आटर््स एकेडेमीले मञ्चन गरेको हो भने महाभोज काठमाडौंकै मन्डला थिएटरले मञ्चन गरेको हो।
नयाँदिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० नाटक मञ्चन गरिएका थिए। कुमारी एन्ड द विस्ट नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको थियो।
यो नाटक जीवित देवीकुमारी तथा कुमारी प्रथासँग सम्बन्धित छ। नाटक नेपाली अध्यात्मजगतको इतिहास पुस्तकबाट निकालिएको कथामा आधारित छ। उक्त पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन्। नाटकको लेखन तथा निर्देशन कविता श्रीनिवासनले गरेकी हुन्।
नाटकमा अभिनय गर्नका लागि सुशीला आर्ट्स एकेडेमीका कलाकारहरू दिल्ली तथा सिलोङ पुगेका थिए। महाभोज नाटकलाई पनि यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्