रावा बैंक बझाङको एटीएम मेसिन बिग्रिँदा सेवाग्राही समस्यामा



ललित सिहं, बझाङ ।

राष्ट्रिय वाणिज्य बैंक बझाङ शाखाको एटीएम मेसिन बिग्रदा स्थानीयवासी समस्यामा परेका छन् । एटीएम मेसीन बिग्रिएको एक हप्ता बितिसकेको भएपनी एटीएम मेसिन सञ्चानमा ल्याउन बैंकले ध्यान दिन नसकेको स्थानीयले आरोप लगाएका छन ।

स्थानीयबासी चन्द्र सिहंका अनुसार मेसिन बिग्रिएकोे आज ६/७ दिन बितिसक्दा शाखा प्रमुखलाई सोध्दा नेटवर्कमा समस्या रहेको बुझिएको छ । एटीएमवाट पैसा निकाल्न जादा टेम्पेरेरी आउट अफ सर्भिस भन्ने गरेको उनले बताए ।

छिटोछरीतो काम होस भन्नका लागी एटीएम कार्ड बनाएपनि एटीएम मेसिन जहिले पनी बन्द हुदा समस्या हुने गरेको अर्का स्थानीयवासी रमेश बोहराले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्