रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको निबन्ध प्रतियोगिता



काठमाडौं, (नेस)
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी अन्तर कलेज निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन्। उनी रिट्ज कलेजमा इन्जिनियरिङ विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्।
त्यस्तै, द्वितीय त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस विराटनगरमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखलढुंगाका रामचन्द्र अधिकारी भएका छन्।
‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयमा आयोजित निबन्ध प्रतियोगितामा नेपालभरिका स्नातक तह र सोभन्दा माथि अध्ययनरत ५२ जना विद्यार्थीहरूका निवन्धहरू समावेश गरिएको थियो। सो निबन्धमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपियाँनगद र प्रमाणपत्र प्राप्त गरिनेछ।
विजयी प्रतियोगीहरूलाई अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा पोखराको सभागृहमा फागुन १५ गते बिहान ११ बजे आयोजना हुने स्मृति सभामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्