दिल्ली साम्प्रदायिक दंगामा २२ को मृत्यु, मस्जिदमा आगजनी



नयाँदिल्ली, (एजेन्सी)
दिल्लीमा नागरिकता संशोधन कानुनलाई लिएर भड्केको साम्प्रदायिक हिंसामा अहिलेसम्म २२ जनाको ज्यान गइसकेको छ। दंगा भड्केको तीन दिनपछि पनि स्थिति सामान्य हुन सकेको छैन।
बुधबार उच्च अदालत दिल्ली प्रहरीमाथि भडकाउपूर्ण भाषण गर्नेहरूविरुद्ध एफआईआर दर्ता नगरेकोमा कडा रूपमा प्रस्तुत भएको छ। भाजपाका नेता तथा केन्द्रीय मन्त्री अनुराग ठाकुर, भाजपा सांसद परवेश वर्माले चुनाव प्रचारका क्रममा उत्तेजना फैलाउने भाषण दिएका थिए।
दिल्लीका लक्ष्मी नगरसँग विधायध अभय वर्मामाथि उत्तरपूर्वी दिल्लीमा जारी हिंसाबीच भडकाउपूर्ण भाषण दिएको आरोप छ। भाजपाका अर्को नेता कपिल मिश्रामाथि पनि आइतबार उनले उत्तरपूर्वी इलाकामा भडकाउपूर्ण भाषण दिएको र त्यसकै कारण त्यहाँहिंसा शुरू भएको हो।
दिल्ली प्रहरीले भाजपाका कुनै पनि नेताविरुद्ध हालसम्म कुनै कारबाही गरेको छैन। सामाजिक कार्यकर्ता हर्ष मन्दरले उत्तरपूर्वीमा भएको दंगाका क्रममा दिल्ली प्रहरीको निष्क्रियताको जाँचका लागि दिल्ली उच्च अदालतमा दायर गरेको थियो।
मंगलबार सीएए समर्थक हिन्दू आक्रमणकारीले अशोक नगरी स्थित एक मस्जिदमा आगजनी गरेको र त्यहाँको मिनालमा भगवा र तिरंगा झन्डा फहराएका थिए। तर, प्रहरीले उक्त क्षेत्रमा कुनै प्रकारको हिंसात्मक घटना नभएको जानकारी दिएका थिए।
यसैबीच सरकारका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल उत्तरपूर्वी दिल्लीको प्रभावित इलाकाको भ्रमण गरी त्यहाँका बासिन्दासँग भेटेका छन्। डोभाललाई एक मुस्लिम युवतीले रुँदै आफूहरू सुरक्षित नभएको र पसलहरूमा आगजनी भएको बताइन्। आफू विद्यार्थी भएको तर पढ्न नपाएको, प्रहरीले आप्नो काम नगरेको उनले बताइन्। उनले भनिन्– ‘हामी अत्यन्तै डराइरहेका छौं। राति पनि सुत्न सकिरहेका छैनौं सर।’
युवतीको गुनासोको जवाफमा डोभाले अब प्रहरीले काम गर्ने र आफू गृहमन्त्री र प्रधानमन्त्रीको निर्देशनमा आएको बताएका थिए। दंंगा क्षेत्रको अवलोकनपछि डोभालले गृहमन्त्री अमित शाहसँग भेटेको जनाइएको छ।
यसैबीच आवश्यक परेमा दंगा क्षेत्रमा सेना तैनाथ गर्न आग्रह गर्ने दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बताए। दिल्ली प्रहरीका डीएसपी एसीपीसहित प्रहरीकर्मी घाइते भएको र कैयौं हिन्दू मुसलमान घाइते भएको उनले बताए। हिंसामा हिन्दू र मुसलमान दुवै मारिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्