पाकिस्तानमा अल्पसंख्यकलाई बराबरीको हक छ: इमरान खान



इस्लामाबाद, (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिल्लीमा नागरिकता संशोधन कानुनलाई लिएर भइरहेको हिंसालाई लिएर मोदी सरकारलाई निसाना बनाएको छ।
इमरान खानले ट्विटमा भने– ‘हामी हेरिरहेका छौं कि नाजी प्रेरित आरएसएस विचारधारा परमाणु शक्ति सम्पन्न र एक अर्बभन्दा धेरै आवादी रहेको भारतको सत्ता आप्नो हातमा लिइरहेको छ। जब घृणामा उभिएको जातिवादी विचारधाराको हातमा कुनै देश आउँछ, त्यो आमनरसंहारतर्फ बढ्नेछ।’
इमरानले आप्नो दोस्रो ट्विटमा भने– ‘मैले अघिल्लो वर्ष संयुक्त राष्ट्रको महासभामा आप्नो सम्बोधनमा यसको आशंका व्यक्त गरेको थिएँ। एकपटक जब रक्तपातको सैतान शिशीबाट बाहिर आउँछ, अत्यन्तै नराम्रो हुन्छ। यसको शुरुआत भारतले काश्मिरबाट गरेको थियो र अब २० करोड मुसलमानलाई पूरै भारतमा निसाना बनाइरहेको छ। विश्व समुदायले तत्काल कारबाही गर्नुपर्छ।’
इमरान खानले आप्नो तस्रो ट्विटमा भने– ‘म आप्mना जनतालाई चेतावनी दिँदै छु कि पाकिस्तानमा कुनै गैरमुसलमानलाई तारो बनाएमा र उनीहरूको पूजास्थललाई क्षति पुर्याएमा कडा कारबाही हुनेछ। हाम्रा अल्पसंख्यक पाकिस्तानमा समान हक राख्छ। दिल्लीमा सोमबारदेखि शुरू भएको हिंसामा हालसम्म २२ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्