बहिनीलाई गर्भवती बनाउने किशोर पक्राउ



वासिंगटन,(एजेन्सी)
अमेरिकामा आफ्नै दाजुबाट बलात्कृत हुन पुगेकी एकजना एघार वर्षीया बालिकाले आफ्नै घरमा बच्चा जन्माएकी छन्। हाल ती बालिकाका दाजु र अभिभावकविरुद्ध आपराधिक मुद्दा चलिरहेको छ। कानुनी समस्याका कारण नाम नखुलाइएकी ती बालिकाले मिसौरीको सेन्ट चाल्र्सस्थित आफ्नो घरको बाथटवमा छोरा जन्माएको प्रहरीले जनाएको छ।
उनका १७ वर्षीय दाजुलाई बलात्कारको र उनका आमाबुबालाई बालिकाको सुरक्षामा लापरबाही गरेको अभियोगमा गत साता प्रहरीले पक्राउ गरेको थियो। साथै, प्रहरीले ती आमाबुबाले बच्चा जन्माइसकेकी छोरीको स्वास्थ्य स्याहारसमेत नगरेको आरोप पनि लगाएको छ।
एनबीसी न्युजले प्रहरीले ११ फेब्रुअरी ती बालिकाले जन्माएको बच्चा लिएर उनका अभिभावक स्थानीय अस्पतालमा पुगेपछि अनुसन्धान थालेको जनाएको छ। अझैसम्म सालनाल नकाटिएका ती नवजात शिशुको शरीरको तापक्रम पन ९० डिग्री मात्र रहेको अस्पताल सूत्रले जनाएको छ।
ती बालिकाका पिताले शुरूमा सो बच्चा आाफ्नी पूर्वप्रेमिकाले आफ्ना घरमा छाडेर गएको झुठो बयान प्रहरीलाई दिएका थिए। पछि अनुसन्धानकर्ताहरूले दबाब दिएपछि मात्र बल्ल उनले सत्यतथ्य बताएका थिए।
तर, उनी आफूले र आफ्नी पत्नीले घरमा यौन दुव्र्यवहार भएको तथा छोरी गर्भवती भएको कुरा बच्चा जन्मेपछि मात्र थाहा पाएको अडान लिएका थिए। प्रहरीलाई बयान दिने क्रममा ती किशोरले आफ्नी बहिनीसँग करिब सयपटक यौन सम्पर्क गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्