विवादित सीमा नक्सामा राख्नुपर्ने मागसहित अनशन



बैतडी (नेस)
लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सरकारले ध्यान नदिएको भन्दै बैतडीका एक युवाले बुधबारदेखि रिले अनशन शुरू गरेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका चन्द्रदेव जोशी ३ बुँदे माग राख्दै जिल्ला प्रशासन कार्यालयअगाडि अनशन शुरू गरेका हुन्।
नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्नुपर्ने, अरू देशसँग सिमाना जोडिएका सबै ठाउँमा नेपाली सेना राख्नुपर्ने र सीमा विवादका विषयमा दुई देशका सरकार प्रमुखबीच छलफल भई निष्कर्षमा पुग्नुपर्नेलगायतका मागहरू राखी अनशन शुरू गरेको जोशीले बताउनुभयो।
जोशीले ३ दिन बैतडीमा अनशन बसी त्यसपछि दार्चुला, कैलाली हुँदै काठमाडौं जिल्ला प्रशासनअगाडि समेत अनशन बस्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्