पोखरामा सेनाको आधुनिक अस्पताल



काठमाडौ, (नेस)
 प्रधानसेनापति पूर्णचन्द्र थापाले पोखरामा बहालवाला तथा भूतपूर्वक सैनिक र आश्रित परिवारहरूको स्वास्थ्य उपचारका लागि नवनिर्मित ५० बेडको क्षमतायुक्त सैनिक अस्पतालको उद्घाटन गर्नुभएको छ।
२०७४ मंसिर १५ गतेबाट निर्माण शुरू भई २०७५ पुस १५ मा  निर्माण सम्पन्न भएको उक्त सैनिक अस्पताल बुधबारबाट सञ्चालनमा आएको हो। उक्त अस्पतालमा जनरल ओपिडी, मेडिकल ओपीडी, डेन्टल, प्याथोलोजी, ईएनटी, गाइनो, फार्मेसी, रेडियोलोजी र माइनर ओटीलगायतका सेवाहरू सञ्चालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्