श्वास–प्रश्वाससम्बन्धी उपचारमा जापानी सहयोग



काठमाडौं, (नेस)
भक्तपुर जिल्लामा श्वास–प्रश्वाससम्बन्धी उपचारमा सहयोग गर्ने उद्देश्यले बुधबार नेपालका लागि जापानी राजदूत साइगो मासामिची र जापान अन्तर्राष्ट्रिय मेडिकल प्रविधि प्रतिष्ठानका प्रतिनिधि माएदा कोरिकोबीच अनुदानमा सम्झौता भएको छ।
सम्झौताअनुसार ४ करोड ४५ लाख रुपियाँबराबरको सहयोग प्राप्त हुनेछ।
जापानी गैसस परियोजना पद्धतिअन्तर्गत जापानको राजधानी टोकियोमा रहेको जिमटेफले सोलिड नेपालको साझेदारीमा सहयोग रकम निर्धारित उद्देश्यका लागि कार्यान्वयन गर्नेछ।
सहयोग रकम मेडिकल उपकरण जडान, मेडिकल स्टाफको क्षमता अभिवृद्धि, स्थानीय बासिन्दाको उपचार तथा रोकथामका लागि खर्च गरिनेछ। भक्तपुरमा धुवाँ–धुलोको असर अधिक रहेको र इँटा भट्टाका कारण वातावरण प्रदूषित भएको ठहर गर्दै श्वास–प्रश्वाससम्बन्धी उपचारमा सहयोग गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्