हिमालयन बैंकको लाभांश पारित



काठमाडौं, (नेस)
हिमालयन बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यो बोनस शेयरको वितरणपश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ रुपियाँपुग्नेछ।
बैंकले आव २०७५/७६ अन्त्यसम्म १ खर्ब १३ अर्ब ९ करोड निक्षेप संकलन र ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३ दशमलव ३८ र १३ दशमलव शून्य ८ प्रतिशतले बढी हो।
सभामा हिमालयन बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पदमा प्रचण्डबहादुर श्रेष्ठ, फैजल एन ललानी, तुलसीप्रसाद गौतम, सुनीलबहादुर थापा र आशिष शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्