लाख हिनामिना गर्ने गुरुङ पक्राउ



नेपाल समाचारपत्र, मनाङ ।

मनाङको चामे गाउँपालिकामा रहेको एनएमवी लघुवित्त कार्यालयमा काम गर्ने कर्मचारी कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छन्। कास्कीको हेम्जामा प्रमुख कार्यालय रहेको यस लघुवित्तको शाखा कार्यालय चामेमा बिगत दुई वर्षदेखि सहायक कनिस्ट पदमा कार्यरत कल्पना गुरुङ पक्राउ परेकी हुन्।

उनको नाममा ६० लाख ७० हजार रुपियाँ अनियमितता देखिएपछि प्रमुख कार्यालयबाट उच्च अदालत कास्कीमा उजुरी परेको थियो। उजुरीसँगै उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्न अदालतले पत्र पठाएको हो।

अदालतको आदेशअनुसार निजले उनीलाई गत आइतबार उनकै निवासबाट सीमा प्रहरी चौकी धारापानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको थियो। पछिल्लो अनुसन्धानबाट उनले ४३ जनाको नाममा किर्ते तमसुक बनाइ कर्जा निकालेको समेत खुल्न आएको जिल्ला प्रहरी कार्यालय चामे मनाङले जनाएको छ।

मनाङ नासों गाउँपालिका–४ निबासी कल्पना गुरुङलाई हाल थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चामे मनाङमा हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निजलाई बैंकिङ कसुरसँगै ठगीको मुद्दासमेत लागेको उच्च अदालत कास्कीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्