सात महिनामा मात्रै १४ अर्बको मोबाइल नेपाल आयात



न्युज अफ नेपाल,काठमाडौँ ।

चालु आर्थिक वर्षको ७ महिनामा मात्रै नेपालमा १४ अर्ब रुपैयाँ बराबरका मोवाइल सेट आयात गरिएको छन् ।चालु आर्थिक बर्षको साउनदेखि माघसम्म विभिन्न देशबाट १४ अर्ब मूल्य बराबरका ३३ लाख मोबाइल सेट भित्रिएको तथ्यांकले देखाएको छ ।

पहिेले ५ प्रतिशत रहेको भन्सार दर यो बर्षबाट साढेँ दुई प्रतिशतमा झरेकोपछि मोवाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घले जनाएको छ ।

अघिल्लोसाही अवधिमा २६ लाख ३५ हजार थान भित्रिएका थिए ।नेपालमा चीन, भियतनाम, भारत लगायतका देशबाट बढी फोन भित्रने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्