पाकिस्तानको ऐतिहासिक जित



लन्डन, (एजेन्सी) । 

पाकिस्तानले महिला टी २० विश्वकपअन्तर्गत् वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । अस्टे«लियाको क्यानबेरामा जारी प्रतियोगितामा पाकिस्तानले पूर्व विजेता वेस्ट इन्डिजलाई ८ विकेटले स्तब्ध तुल्याएको हो । यो पाकिस्तानी महिला क्रिकेट टोलीको अहिलेसम्मकै ठूलो जित हो ।

वेस्ट इन्डिजले दिएको १ सय २५ रन लक्ष्य पाकिस्तानले मात्र २ विकेट गुमाएर १० बल बाँकी राखी भेटाएको हो । टोलीको जितमा कप्तान बिस्माह मारूफले ३८ रन र जावेरिया खानले ३५ रनको योगदान दिए ।

त्यस्तै यसअघि भएको खेलमा एसियन टोली थाइल्यान्ड इंग्ल्यान्डसँग ९८ रनले पराजित भयो । इंग्ल्यान्डका कप्तान हिथर नाइटले ६६ बलमा १ सय ८ रन जोडेपछि थाइल्यान्डलाई १ सय ७७ रनको लक्ष्य दिएको थियो ।

यद्दपि थाइल्यान्डले सानदार बलिङ गर्दै ७ रनको योगफलमा २ विकेट झारेको थियो । तर नाइट र नटाली सीभरबीच १ सय ६९ रनको साझेदारी गरेपछि थाइल्यान्ड निरास बनेको थियो । थाइल्यान्डले जवाफमा ७८ रन मात्रै जोड्न सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्