बाराकोट अन्तिम चारमा, त्रिपुरा स्तब्ध



विनोद सिंह विष्ट, बैतडी। 

बैतडीको दशरथचन्द नगरपालिकामा जारी तेस्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न खेलबाट दनपा १० बाराकोट सेमीफाइनलमा प्रवेश गरेको छ । बाराकोटले दनपा ८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस हारेर ब्याटिंगको निम्ता पाएको त्रिपुरा ११.४ ओभरमा ४२ रनमा समेटियो । त्रिपुराका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । बाराकोटका लागि प्रकाश बुडालले ४ तथा प्रेम बुडालले २ विकेट हात पारे ।

४३ रनको लक्ष्य त्रिपुराले ३ विकेटको क्षतीमा ५.५ ओभरमा भेट्टायो । जसमा किसन बुडालले १५ र सुमित बुडालले १३ रनको योगदान गरे । त्रिपुराका विरेन्द्र नाथले २ विकेट हात पारे । बाराकोटका प्रकाश बुडाल म्यान अफ द म्याच चुनिएका नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । पराजित भएसंगै त्रिपुरा प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दनपा ११ नागार्जुन र दनपा ४ खलंगा सेमीफाइनल प्रवेश गरिसकेको छन् ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गते देखि सुरु भएको प्रतियोगिता दशरथचन्द नगरपालिकाको आयोजना र नगरक्रिकेट समितिको व्यवस्थापनमा जारी रहेको हो ।
प्रतियोगिताको विजेताले ७५ हजार ,उपविजेताले ५० हजार र म्यान अफ द सिरिजले १० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्