पाथीभरा म्याराथनमा सुमन विजेता



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ साथै महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले उपाधि हाशिल गर्न सफल हुनुभएको छ ।
मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा निर्धा्रित ५४ किलोमिटर दूरी पार गर्दै पाथीभरा म्याराथनको उपाधि प्राप्त गर्न सफल हुनुभएको छ ।

आयोजकले ४७ किलोमिटर भनेपनि मोटरवाटोबाटै कुदाएपछि ७ किलोमिटर दूरी वढेको थियो।पाँचथर फिदिमका प्रताप थाम्सोहाङले ४ घण्टा १४ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए। रुकुम मुसिकोटका दुर्गाराज वुढाले ४ घण्टा २९ मिनेट १७ सेकेण्डमा दूरी पार गर्दै तेस्रो उपाधि प्राप्त गर्नुभयो ।

महिलातर्फ जुम्लाकोपातारासी गाउँपालिकाकी सुनमाया बुढाक्षेत्रीले ४४ किलोमिटर दूरी ३ घण्टा ३८ मिनेटमा पूरा गर्दै प्रथम भइन। प्रतिष्पर्धी त्रिभुवन आर्मी क्लवकी सरिता वासीभन्दा १० मिनेट चाँडो गन्तब्यमा पुग्दै उनले उपाधि हात र्पान सफल हुनुभएको छ ।

वासी ३ घण्टा ४८ मिनेटमा दूरी पार गर्दै दोस्रो भइन। धादिङ धुनिबेसींकी रसिला तामाङले ४ घण्टा ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो उपाधि हात पार्न सफल हुनुभएको छ ।

खुलातर्फका विजेताले १ लाख ५१ हजार, उप–विजेताले १ लाख ११ हजार र तेस्रो भएकाले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नभएको छ ।
महिला तर्फ प्रथमले ८१ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार रुपैयाँ पुरस्कार र प्राप्त गर्नभएको छ ।

प्रतिक्रिया दिनुहोस्