सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा पत्रकार पौडेललाई सहयोग



न्युज अफ नेपाल,काठमाडौँ ।

ब्लड क्यान्सरबाट पीडित भएर उपचार गराई रहनु भएका पत्रकार कमल पौडलको उपचारमा सहयोग गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ ।

बुधबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पत्रकार खनालको सहयोगकालागि १५ हजार रुपियाँ प्रदान गर्नु भएको छ । उहाँले उक्त रकम हस्तानतरण गर्दै एउटा पत्रकारको उपचारकालागि सानै भएपनि सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो ।

पत्रकार पौडेल हाल बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार गराइरहनु भएको छ । उहाँको सहयोगकालागि स्वदेश तथा बिदेशबाट सहयोग रकम उठ्ने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्