इन्डोनेसियामा भूकम्पको ठूलो धक्का



A man walks through debris from Sunday’s earthquake in West Lombok, Indonesia, Saturday, Aug. 11, 2018. Scientist say the powerful Indonesia earthquake that killed more than 300 people lifted the island it struck by as much as 25 centimeters (10 inches). (AP Photo/Firdia Lisnawati)

जकार्ता ।

इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५।९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ । सन् २०१८ मा गएको ७।५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्