खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद



विवाह गरेको एक हप्तामै श्रीमानले खर्च कम गर्न भने पछि  जापानकी एक मोडल कातो सारीले आफनो श्रीमानसँथ सम्बन्धविच्छेद गरेकी  छन् ।

२९ वर्षे कातो सारी विलासी परिचित मोडल र महँगो फेसन ब्रान्डका लागि पारखी भएका कारण उनको जीवनशैली पनि परिचित छ । नाम नखुलाइएका रियल स्टेट व्यापारीले यी  सन् मोडललाई २०१९ मे देखि डेटिङ गर्न थालेका थिए । विवाह हुनुभन्दा साढे तीन महिना अघि उनले ती व्यावसायीको ९.१ मिलियन डलर ९करिब १ अर्ब रुपैयाँ बढी खर्च गरिन् विवाह पछि पनि श्रीमतीले खर्च धेरै गरेका कारण आफ्नो व्यावसाय खासै राम्रो नभएकोले खर्च कम गर्न आग्रह गरे । श्रीमानको यस्तो आग्रह उनलाई चित्त बुझेन तसर्थ सम्बन्धविच्छेदको माग गरिन् ।

कातो सारीले छुट्टिएको ६ महिनापछि सम्बन्धविच्छेद टुङ्गो लगाएको जानकारीका साथै सम्बन्धविच्छेदको कारण भन्दै युट्युब भिडियो रिलिज गरेकी छन ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्