विप्लव नेकपाका जिल्ला सदस्यद्वारा पार्टी परित्याग



न्युज अफ नेपाल, दाङ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष दाङ जिल्ला सदस्य मानबहादुर बिक (बिजय)ले पार्टी परित्याग गर्नुभएको छ ।

पार्टीको जिल्ला सदस्य, रुन्टीगढी गाउँपालिका सेक्रेटरी र युवक संगठनको जिल्ला अध्यक्ष रहेकोमा उहाँले प्रेस बिज्ञप्तिमार्फत आजदेखि पार्टीका कुनै संगठन र गतिविधिमा नरहने घोषणा गर्नुभएको छ ।

साथै उहाँले अब स्वतन्त्र र खुला जीवनयापन गर्ने पनि बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्