रसुवागढी नाकाबाट भन्सार शुल्क शुन्य



सरस्वती न्योपाने, रसुवा ।

अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढी नाकाबाट सवारी साधन आवत-जावत बन्द भएपछि भन्सारमा शुन्य भएको छ ।

रसुवागढी नाकाबाट गत माघ १५ गते भित्र सामान बोकी नेपाल भित्रिएका सबै मालवाहक ट्रक तथा कन्टेनरको परिक्षण तथा भन्सार सुल्क अशुल गर्ने काम माघभित्रै भएपछि फागुन एक गतेबाट केरुङबाट सामान आयात बन्द भएपछि भन्सार राजस्व असुली शुन्यता छाएको र भन्सार हतापुरै खाली रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनु भयो ।

दैनिक साढे दुई सय गाडी गुड्ने त्रिशुली धुन्चे, रसुवागढी क्षेत्रमा पछिल्लो समय गाडीको चाप खासै छैन । फाटफुट रुपमा स्थानिय व्यापारको रुपमा न्युन मानिसको आवत जावत भएको छ ।

पछिल्लो समय कोरोना भाइरसका कारण पनि रसुवागढी नाकामा मानिस लगाएत सवारी साधन बन्द नै रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनु भयो । रसुवा जिल्लामा हाल सम्म कोरोना भाइरस देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्