कफ्र्यु जारी



सोल, (एजेन्सी)
चीनको हुवेई प्रान्तको उहान शहरबाट शुरू भएको कोरोना भाइरस उर्फ कोभिड–१९  संक्रमणका कारण दक्षिण कोरियाली शहर थेगु नराम्ररी प्रभावित भएपछि सरकारले मंगलबार उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानियवासीहरूमाथि विभिन्न प्रतिबन्धहरू लगाएको छ।
सन २००९ मा फैलिएको स्वाइन फ्लुमा २ सय ६३ जनाको मृत्यु हुँदा यसरी नै कफ्र्यु लगाएयता कोरियामा यो अर्को कफ्र्युको घटना हो। सरकारले शुरूमा कोरोना संक्रमणको चुनौती सजिलै सामना गर्न सकिने बताएको थियो। तर, पछि अनियन्त्रित भएपछि कफ्र्यु लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्