ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको विजेता चयन



नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले दशैंतिहारको उपलक्ष्यमा सञ्चालन गरेको ‘ड्याट्सन हट डिल’ योजनाअन्र्तगत ग्राहकलाई लक्षित गरी विभिन्न पुरस्कार घोषणा गरेको थियो।
यस योजनाअन्तर्गत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहक ड्याट्सन हट डिल लक्की ड्र का लागि योग्य मानिएका थिए। यस योजनाका भाग्यशाली विजेता घोषणा गरिएको छ।लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्यान्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरू १०/१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन्।
सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए। पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर र १.० लिटर तथा गो प्लस का आधिकारिक बिक्रेता रहेको छ।

प्रतिक्रिया दिनुहोस्