मैच्याङ लिएर आए जेय



गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ।
गीत युट्युबबाट समेत सार्वजनिक गरिएको छ। मैच्याङ शीर्षकको गीतमाथि म्युजिक भिडियो पनि बनेको छ। म्युजिक भिडियोमा जेय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन्।
गीतको भिडियोलाई सुयोग गुरुङले निर्देशन र सम्पादन गरेका छन्। सुयोगले यसअघि सानो मन नामक फिल्म निर्देशन गरेका थिए भने उनले केही टिभी कमर्सियल पनि बनाएका छन्।
केही पुराना गीतलाई समेत फ्युजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाइरहेको छ। गीत जेय र आइजनले संयुक्तरूपमा लेखेका हुन्। यसअघि उनीहरूको गीत टाइम छैनले चर्चा बनेको थियो, जसलाई हालसम्म युट्युबमा मात्र करिब ९३ लाखले हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्